Wednesday, 26 September 2018

यो दिललाइ आज खै के भा छ यस्तो by Ayrus Dev

यो दिललाइ आज खै के भा छ यस्तो
फैलिन नसकेको विचरो चियाको बोट जस्तो
आडैको बँगैचामा हुर्केका नयाँ बिरुवाहरु देखेर विचरो एक्लै सोच्दो रैछ , उसको त माटोमा ढुङ्गो परेछ , स्याहार त परै जावस् मल जल नै कम परेछ

विचरो कुर्दो रैछ आँफ्नो पालो ,अनि मेट्दो रैछ हरेक उज्यालो
उ हेर्दो रैछ मानिसहरु टिपेका चिया संगिका टुप्पिबाट
खै कसले पो यस्तो माटो बनाएछ ,सँगैको साथि हुर्कि गएछ ,
उ त बिचरो न उठ्न सक्छ न चल्न नै , न छ जल न मल न सक्छ फल्न नै
हरेक बिहानिमा आशा बोकेर उ उठ्छ र सुत्छ आशै बोकेरै
तर कैले आउने अब उसको पालो , मानिसहरु पनि हुने उसकै गोठालो
उ सोच्छ म सँग यदि चिया भैदिए म पनि उनिहरु बाट च्यातिन पाए
तर सोचाईहरु गहिरिँदै जाँदा जुगौँ बितेछ , उसका ति आशा माटो मै मिलेछ
एक दिन त सोध्यो सँगैको साथिलाई कस्तो छ तँलाई
उत्तर भावुक आएछ भावुक हुनुको सट्टा ,'नसोच साथि गर्दैछ ठट्टा'
''सधैं नै टुप्पि तान्छन मान्छेहरु , कुन चै राम्रो मात्र छान्छन मान्छेहरु
के गरैं मैले फुलाँए भनेर , दुख्छ यो मन उनिहरुले चुँडाएर लगेर
आँफ्नै शरिर माथि जान दिँदैनन् , अकाल छ आयु बाँच्ध दिँदैनन्
जिवन त बरु तिम्रो पो गजब छ , मानिस आँफै तिमि देखि सजग छ
न टिप्छ तिमिलाई न नै सुकाँउछ , आफ्नो त दिल हरेक दिन दुखाँउछ''
आँखा भरि आँशु पारि बिचरो नि रोएछ , संगिका कुराले उसको मन छोएछ
आज बाँच्दैछ उ एक्लै यो बगानमा बिचरो को नाउँ लिएर
अरुको नजरमा आँशु पिएर तर गर्व गर्छ उ त्यस्तो भएकोमा
उ धन्य छ आँफु उम्रेको माटोमा
र हेर्दै छ अरु संगि जो सोच्छन उ बिचरो छ , उ बाँझो छ .........
म पनि हेर्दै छु त्यो बिचरोलाई अनि भन्दै छु
यो दिललाई आज खै के भा छ यस्तो ........

Disqus Comments