Wednesday, 26 September 2018

identity poem by Hysop Shrestha

भाषा र भेष छुटाए कतै, देश टुट्ला
नेपाली भन्न नपाए कतै, डाफे उड्ला
लालीगुरास झर्ला शिरबाट
चन्द्रसुर्य ढल्ला भिरबाट
मेरो हैन हाम्रो नभने कतै, सगरमाथा लोट्ला
साथमा साथ नमीले कतै, बैरी देश लुट्ला
स्वाभीमान मर्ला तिरबाट
श्राप मिल्ला पुर्खा ती वीरबाट
भाषा र भेष छुटाए कतै, देश टुट्ला
नेपाली भन्न नपाए कतै, डाफे उड्ला
Disqus Comments