Wednesday, 26 September 2018

पैसाको कारोबार बढ्छ दशैमा by आशिष दनाई

पैसाको कारोबार बढ्छ दशैमा
खुसीको बाहार बढ्छ दशैमा
कैले यता डौड कैले उता डौड
कामको मारामार बढ्छ दशैमा
घरका सदस्य भेटघाट हुँदा
परिवारमा प्यार हुन्छ दशैमा
बिचरा पर्देशीले छुट्टी पाएन
उसको एकाकार बढ्छ दशैमा

Disqus Comments