Wednesday, 26 September 2018

एउटा प्रेमी पागल हुन्छ किन होला रातभरी by Ghanashyam Pathik

एउटा प्रेमी पागल हुन्छ किन होला रातभरी
जून भन्दै दियो छुन्छ किन होला रातभरी
उता मस्त सपनीमा शहर रमाएको बेला
यता मुटु एक्लै रुन्छ किन होला रातभरी
जिन्दगीका सारा स्वप्ना आशुसँगै बगेपछी
आशुले नै आशु धुन्छ किन होला रातभरी
आकाश जती उन्को याद मुटुभरी आइदिदा
यादले नै सास थुन्छ किन होला रातभरी
कहिलेकाही बोले हुन्थ्यो मायालुको तस्बिरसँग
तस्बिर बोल्छ आफू सुन्छ किन होला रातभरी

Disqus Comments