Wednesday 26 September 2018

मलाई नहेप् पछुताउनु पर्ला, गजल by Ashish Danai

मलाई नहेप् पछुताउनु पर्ला ।
रोएरै जीन्दगी कटाउनु पर्ला ।
त नि कुनै दिन गरिब हुनेछस्
अनी मैसंग माग्न आउनु पर्ला ।
तलाई अप्ठ्यारो परेको बेलामा
मैसंग बिन्ती बिसाउनु पर्ला ।
भबिश्यलाई सोचेर काम गर,
नत्र साच्चै त बौलाउनु पर्ला ।
तैले 'आशिष' लाई चिनेकै छैनस्
तँ मेरै पछीपछी धाउनु पर्ला ।

Disqus Comments