Wednesday 26 September 2018

कसैले अंकल भन्छन् कसैले दाई भन्छन् मलाई, गजल by आशिष दनाई

कसैले अंकल भन्छन् कसैले दाई भन्छन् मलाई ।
कसैले भतिज भन्छन् कसैले भाई भन्छन् मलाई ।
सबैको आफ्नै अनुमान म बोल्नु को अर्थै थिएन,
कसैले नेवार भन्छन् कसैले राई भन्छन् मलाई ।
सबै संग हाँस-खेल गर्ने देखेर होला सायद,
कसैले हिन्दु भन्छन् कसैले इसाई भन्छन् मलाई ।
गजल लेख्छु र त्यसमा सत्यतथ्य उल्लेख गर्छु,
कसैले पख भन्छन् कसैले बधाई भन्छन् मलाई ।
रिसाउदिन बोलीहाल्छु जुन नामले बोलाएनी,
कसैले 'आशिष' भन्छन् कसैले 'दनाई' भन्छन् मलाई ।

Disqus Comments