Wednesday 26 September 2018

छैन त्यो पल, जुन तिम्लाई सम्झेको नहोस्,गजल by दिनेश राज पुरी (सुनारपानी ९, रामेछाप)


छैन त्यो पल, जुन तिम्लाई सम्झेको नहोस्
यतिसम्म कि ,यो आत्मै तिम्लाई सुम्पेको नहोस्
त्यो तुवालोभित्र चरी, सगै तिम्रो यादमा छैन
यी आखामा रारा अनि फेवा जमेको नहोस्
नजरको फाटमा, मात्र दुइपल दुख्दा तिमी
छैन आत्मा फुटेर श्रावन दर्केको नहोस्
तिमी सक्छेउ र कल्पिन ?आत्मालाई नचोरी भन
म बिना तिम्रो पनि,त्यो आत्मा जलेको नहोस् ???


Disqus Comments