Wednesday 26 September 2018

joke by Subash Malla

एउटा इन्जिनियर मरेछ...अनि चित्रगुप्त कहाँ पुगेछ । यमराजकोमा पेशी भएर उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने भएछ । विचरा के गरोस्...पुगेछ नर्कमा ।
त्यहाँ यमराजले उसको पापको हिसाब किताब गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् । त्यो पनि स्वीकार गरेछ उसले..
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले भनेछ.."हजुर मलाइ फाँसीमा मज्जाले झुन्ड्याउनुस्..तर यो फाँसीको मञ्चको ड...िजाइन मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु होला "
यमराजलाइ अचम्म लागेछ...अनि ल गर न त भनेर छोडिदिएछ...
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ...
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ.. "तँ अरू के के गर्न सक्छस्?'
इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ । एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा...गज्जबको भएछ । तर यस्तो राम्रो नर्क इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ फोन लगाएछ " कुरा के भयो भने ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ...उसलाइ फिर्ता पठाउनु पर्यो "
यमराजः नचाहिने कुरा...म पठाउँदिन..जे गर्न सक्छस् गर...
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकहाँ...
यमराजः हाल् हाल्...मलाइ बाल मतलब..तैले मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्?? ति जम्मै त म कहाँ छन्…:
Disqus Comments