Tuesday, 15 January 2019

त्यो कलेजको झ्याल बाट चिहाउने तिमी होइनौ by K.R. Dhakal

त्यो कलेजको झ्याल बाट चिहाउने तिमी होइनौ ?
मेरो आँखा सँग आँखा जुधाउने तिमी होइनौ ?
म मौन छु, शालिन छु, क्यै सोचेकै छैन,
अनि फेरी मलाई हेर्दै मुस्काउने तिमी होइनौ ?
न त मैले चिनेको छु, न त नाता पर्छ,
तर फेरी कफी पिउन बोलाउने तिमी होइनौ ?
घरी दायाँ घरी बायाँ गर्दै मेरो पसलको,
अघी आई ओठ टोकी सर्माउने तिमी होइनौ ?
टाढा हुँदा लुकी हेर्ने, एक्लै के के के के सोच्ने,
झट्ट “ढकाल” अघि पर्दा लजाउने तिमी होइनौ ?


Disqus Comments