Wednesday 26 September 2018

कैले रुख विकाउनु भो,कैले घाम बिकाउनु भो, गजल by Amrit Subedi

कैले रुख विकाउनु भो,कैले घाम बिकाउनु भो ।
पैले मन्दिर बिकाउनु भो,अनि सरजाम बिकाउनु भो ॥
कमाउनकै खातिर गुटबन्दी, आफ्नै पार्टी भित्र ।
पैले हराम बिकाउनु भो, अनि खाम बिकाउनु भो ॥
हजार निर्धाहरुको काँधमा चडी, ओहदामा पुग्दा ।
दाजुदाई इष्टमित्र अनि चिनजान बिकाउनु भो ॥
अरे वा माने बा माने तपाइको राजनीतिलाई मैले ।
पर्ख हेर भन्दै वषौं वर्ष संविधान बिकाउनु भो ॥

Disqus Comments