जिवन जिउने या मर्ने संघारमा छु
म मर्दिन, म बाँच्ने अहंकारमा छु
म मर्दिन, म बाँच्ने अहंकारमा छु
यो लिला अपरम्पार ल्याउने र लैजाने
विष्वश्त छु म तेरै चमत्कारमा छु
विष्वश्त छु म तेरै चमत्कारमा छु
गर्नुछ केहि भन्छ आत्माले मेरो
तान्दैनस आजै त्यहि आधारमा छु
तान्दैनस आजै त्यहि आधारमा छु
सबथोक झिलिमिलि चकित पर्दैछु यहाँ
के किनौँ के छोडौँ म बजारमा छु
के किनौँ के छोडौँ म बजारमा छु
सक्थेँ ठग्न यो अन्धो दुनिया त म
के गर्नु अद्रिष्य तेरो नजरमा छु
के गर्नु अद्रिष्य तेरो नजरमा छु
जिवन जिउने या मर्ने संघारमा छु
म मर्दिन म बाँच्ने अहंकारमा छु
म मर्दिन म बाँच्ने अहंकारमा छु