Wednesday, 26 September 2018

हामी सबैको मुहारको हासोँ लुटाएर, गजल by आशिष दनाई

हामी सबैको मुहारको हासोँ लुटाएर
उ शान्ती माग्दैछ तरबार उठाएर
मलाई कहिलेकाहीँ खै के के हुन्छ कुन्नी ?
लाग्छ आफैलाई जलाउँ आगो लगाएर
हेर्नुस उस्लाई वास्तै छैन मस्ती छ बरु
मेरो मुटु जलाएर खरानी बनाएर
ए हजुर किन यस्तो मरिहत्य गर्नुहुन्छ ?
मर्दा के लानुहुन्छ सम्पत्ती कमाएर ?
अब बुद्द बेच्नुस सगरमाथा बेच्नुस
अनी गर्भ गर्नुस यो माटो देखाएर
आउनुहोस सुन्न म गजल सुनाउँछु
तपाई साथ दिनुस ताली बजाएर

Disqus Comments