Wednesday 26 September 2018

गल्ती अलिकति तरवारको पनि हुन सक्छ by Deepak Sameep

गल्ती अलिकति तरवारको पनि हुन सक्छ
गल्ती अलिकति दरबारको पनि हुन सक्छ
छ्दां खांदाको सत्ता सजिलै कहाँ पल्टन्छ र
गल्ती अलिकति सरकारको पनि हुन सक्छ
जुन घरमा रातदिन रडाको मच्चिन्छ
गल्ती अलिकति घरबारको पनि हुन सक्छ
न भन काल आएपछि सिपाहिको के लाग्छ
गल्ती अलिकति सरदारको पनि हुन सक्छ
कुरै नबुझी तिमी हाकिमलाई दोष दिन्छौ
गल्ती अलिकति खरदारको पनि हुन सक्छ ।

Disqus Comments