Tuesday 15 January 2019

दिन बिग्रन्छ अनि साता बिग्रन्छ by K.R. Dhakal

दिन बिग्रन्छ अनि साता बिग्रन्छ ।
र यो जीन्दगीको खाता बिग्रन्छ ।।
सायद यो भाग्य नै टुटेर होला,
साउने झरीमै छाता बिग्रन्छ ।।
प्रेम कहानी बेबारिसे हुन्छन्,
जब डायरीको गाता बिग्रन्छ ।।
ए कान्छी!, मलाई "दाई" नभन,
नत्र तिम्रो मेरो नाता बिग्रन्छ ।।


Disqus Comments