Wednesday 26 September 2018

यात्रा अनिश्चित , by Rajan Ranabhat

यात्रा अनिश्चित छ ।
जिवन अमूल्य छ ।
"बिजुली" को सहयोग सँगै सुरु भएको यात्रा
"देउराली" मा पुगेर "पाइलट" को शरणमा पर्दै "शीखर" चढेर
"सूर्य "मा अवतरण गर्दा सम्म
तिमी भित्रभित्रै डढ्नेछौ , कलेजोले रङ फेर्नेछ , क्यान्सरले तिम्लाई पवित्र मायाजालमा पार्नेछ ,
तिम्रो यात्राले थकाइ मार्न खोज्नेछ ,
अनि त्यतिबेला बल्ल थाहा पाँउनेछौ ,
धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ ।
धुम्रपान स्वास्थ्यका लागि साँच्चै हानीकारक छ ।।।
Disqus Comments