मलाई धम्की दिने मेरो आफ्नै मान्छे थियो
मलाई मार्न तम्सिने मेरो आफ्नै मान्छे थियो
मलाई मार्न तम्सिने मेरो आफ्नै मान्छे थियो
हेर त्यहाँ रगतको टाटो अझै देखिन्छ
मर्ने अनी मारिने मेरो आफ्नै मान्छै थियो
मर्ने अनी मारिने मेरो आफ्नै मान्छै थियो
पिउनेलाई लाजै छैन देख्नेलाई लाज
त्यो मातेर हल्लिने मेरो आफ्नै मान्छे थियो
त्यो मातेर हल्लिने मेरो आफ्नै मान्छे थियो
बर्षौ भयो हराएको उस्को अत्तोपत्तो छैन
त्यो 'आशिष' भनिने मेरो आफ्नै मान्छै थियो
त्यो 'आशिष' भनिने मेरो आफ्नै मान्छै थियो