Wednesday, 26 September 2018

मनमा खै के के रहर पलाउँछ घरीघरी, गजल by आशिष दनाई

मनमा खै के के रहर पलाउँछ घरीघरी
हरेक पल उनकै याद आउँछ घरीघरी
मान्दैन मन उनीसंग टढीएर बस्न कत्ती
अनी उनकै सम्झनाले सताउँछ घरीघरी
सम्झी सम्झी एकान्तमा टोलाउँछु एक्लैएक्लै
फेरी उनकै यादले मन दुखाउँछ घरीघरी
आफ्नै मन आफैसंग टाढिएर बस्न पुग्दा
रुवाउँछ घरीघरी, हसाउँछ घरीघरी

Disqus Comments