Tuesday 15 January 2019

खेल देखाउन बाँकि नै छ बल्ल त अभ्यास भइरहेछ by Aavash Bhai

खेल देखाउन बाँकि नै छ बल्ल त अभ्यास भइरहेछ #
'सबै अस्त्र परास्त गर्ने कलम हो' पूर्णविश्वास भइरहेछ ##
|| १ ||
जुन दिन मैले उसलाई महलमा आश्रय दिएको थिए #
त्यही दिनदेखि आफ्नो भने सडकमा बास भइरहेछ ##
|| २ ||
बिचरा भ्रस्टचारी बेइज्जत सहेर पनि बाँचिरहेछ #
मरेपनि सहिदले हेप्छन उसलाई यो सन्त्रास भइरहेछ ##
|| ३ ||
कोहि खान नपाएर त धेरै खान नजानेर मरिरहेछन #
धनिगरिब दुबैको मृत्युको कारण आखिर गास भइरहेछ ##
|| ४ ||
चोरेर मन कहाँसम्म जान्छौ? पख प्रमाण सहित पक्रन्छु#
जल, थल, वायुमण्डल सबैतिर तिम्रै तलाश भइरहेछ ##
|| ५ ||
स्वार्थी समाजमा इमान्दार हार्ने "आभाष" हुन थालेपछि #
समाहित हुनकै खांतिर ऊ अलिअलि बदमास भइरहेछ ##
|| ६ ||


Disqus Comments