Monday 14 January 2019

आउनुहोस् यहाँ चिनीदेखी नुनसम्म पाईन्छ by Ashish Danai

आउनुहोस् यहाँ चिनीदेखी नुनसम्म पाईन्छ
र पाईन्छ चामलदेखी तिहुनसम्म पाईन्छ

चकलेट, बिस्कुट, चिउरा, भुजा भन्नै परेन
चना, केराउ, प्याजदेखी लसुनसम्म पाईन्छ

ग्याँस , चामल जस्ता बस्तु घरसम्मै पुर्याईन्छ
हो हजुर यहाँ ग्याँसदेखी साबुनसम्म पाईन्छ

कृपया बताउनुहोस् हजुरलाई के चाहिन्छ ?
हामीकहाँ मसलादेखी भुटुनसम्म पाईन्छ

Disqus Comments