Monday, 14 January 2019

माल्दाइ आज यता नआउ नेपाल बन्द छ by K.R. Dhakal

माल्दाइ आज यता नआउ नेपाल बन्द छ ।
भो कसैले केही नखाउ नेपाल बन्द छ ।

हे भाउजु प्रसबको पिडा सहेर बस,
नभन "बचाउ! बचाउ!!" नेपाल बन्द छ ।

आमा तिम्लाई कसरी लैजाउँ अस्पताल ?
एक दिन रोग लुकाउ नेपाल बन्द छ ।

खेल्न जान्छु भन्ला नावालक छोराले,
ठ्याम्मै बाहिर नपठाउ नेपाल बन्द छ ।

को कतिबेला मर्छ कस्लाई के थाहा ?
सुरक्षामा सेना खटाउ नेपाल बन्द छ ।



Disqus Comments