Monday, 14 January 2019

आज राती यो के भयो निन्द्रै लागेन by Ashish Danai

आज राती यो के भयो निन्द्रै लागेन
अब भन गरौ कसो निन्द्रै लागेन

दिनरातै उनैलाई सम्झिरहन्छु
मायाँ बस्यो कि के हो निन्द्रै लागेन

आँखा अगाडी उन्कै तस्बिर आउँछ
लौ हजुर बर्बाद भो निन्द्रै लागेन

कोल्टे फेर्दैमा उज्यालो हुन्छ जस्तो छ
मैले साच्चिकै भनेको निन्द्रा लागेन

Disqus Comments