खुल्ला मञ्चमा "सर्वहारा बर्गको पार्टीको" आमसभा रहेछ ! भाषण बाट त्यस्तै प्रष्ट हुन्थ्यो । नेताहरु ठुला ठुला स्वरमा चिच्याउँदै थिए , "हामी सर्वहार बर्गको प्रतिनिधित्व गर्ने पार्टी हौ । तपाई हामीलाई भोट दिनुस् हामी देशलाई धेरै अगाडी पुर्याउँछौ ............ " ,चुनाव प्रचारप्रसार होला भन्ठाने र आफ्नै सुरमा हिड्दै थिएँ , एकैछिनमा आकाशमा ठुलो आवाज सुनियो , म टक्क अडिएँ र हेरे, माथी हेलीकप्टर आएको रहेछ । त्यत्तीकैमा एक्कासी मञ्चमा नारा घन्किन थाल्यो - "सर्वहारा बर्ग जिन्दाबाद ! "
"_____________ जिन्दाबाद !! "
"_____________ जिन्दाबाद !!! "
पछी थाहा भयो सो हेलिक्पटरमा त्यही "सर्वहारा बर्गको पार्टी"का महान नेता आएका रहेछन् ।
"_____________ जिन्दाबाद !! "
"_____________ जिन्दाबाद !!! "
पछी थाहा भयो सो हेलिक्पटरमा त्यही "सर्वहारा बर्गको पार्टी"का महान नेता आएका रहेछन् ।