Monday 14 January 2019

घरी घरी मलाई हेर्दै जिस्काउन बन्द गर by Ashish Danai

घरी घरी मलाई हेर्दै जिस्काउन बन्द गर
बन्द गर झ्यालबाट चिहाउन बन्द गर

यसैपनी सराबी त्यो हेराई तिम्रो डर लाग्दो
त्यसमाथी तिमी गाजल लगाउन बन्द गर

घाईते हुन्छु तिम्ले हेर्दा नजरैको तिरबाट
त्यसैले तिमी नजर जुधाउन बन्द गर

खै के के भाछ थाहा छैन तिमीलाई भेटेदेखी
झनै सपनीमा आई सताउन बन्द गर

बोल्दिन म तिमीसंग कती पटक भनु मैले
फेरी पनी आशिष भन्दै बोलाउन बन्द गर


Disqus Comments