किसान हुँ खेती गर्छु हातका नङ्रा खियाएर
काम गर्छु पेट पाल्छु बसेकैछु रमाएर
खेतबारीनै घर मेरो किसानी नै मेरो धर्म
खन्छु, जोत्छु, उब्जाउँछु आफ्नो धर्म निभाएर
यै माटोमा जन्मिएँ म यै माटोमै बिलिन हुन्छु
दु:ख गर्छु यही माटोमा जिउ ज्यान लगाएर
दिन भरी खेतबारीमै बित्छ मेरो जिन्दगानी
रात पर्छ घर जान्छु थकाई मार्छु निदाएर
मुल्य बुझ्छु परिश्रमको रगत र पसिनाको
त्यसैले त गर्भ लाग्छ हास्छु आँसु लुकाएर
काम गर्छु पेट पाल्छु बसेकैछु रमाएर
खेतबारीनै घर मेरो किसानी नै मेरो धर्म
खन्छु, जोत्छु, उब्जाउँछु आफ्नो धर्म निभाएर
यै माटोमा जन्मिएँ म यै माटोमै बिलिन हुन्छु
दु:ख गर्छु यही माटोमा जिउ ज्यान लगाएर
दिन भरी खेतबारीमै बित्छ मेरो जिन्दगानी
रात पर्छ घर जान्छु थकाई मार्छु निदाएर
मुल्य बुझ्छु परिश्रमको रगत र पसिनाको
त्यसैले त गर्भ लाग्छ हास्छु आँसु लुकाएर