पूर्वको राइले पश्चिमका देउडा गाएको देख्न पाउँ ।।
मधेशी भाइले मुस्ताङको स्याउ खाएको देख्न पाउँ ।।
जातमा विभेद नहोस कत्ति सबै हुन् समान
बाहुन दाइले कामीको धुरी छाएको देख्न पाउँ ।।
दुबैले गरुन चुलो र चौको दुबैले जागिर
महिला पुरुषले समान हक पाएको देख्न पाउँ ।।
हिमालको हिउँ, पहाडको जंगल, तराइका उद्योग
रारा र फेवा हेर्नलाई टुरिस्ट आएको देख्न पाउँ ।।
कर्णाली भरी केबुलकार, मुगुमा मुस्ताङ म्याक्स
हुम्लामा हुन्डाइ गाडिले हर्न बजाएको देख्न पाउँ ।।