Monday, 14 January 2019

भत्किएको घर मात्र बाकी थियो by Ashish Danai

भत्किएको घर मात्र बाकी थियो ।
माटो र पथ्थर मात्र बाकी थियो ।।

सारा गाउँ जलाएछ सराबीले ।
र त्यहाँ बगर मात्र बाकी थियो ।।

खै कस्ले मार्यो कस्ले गाड्यो कुन्नी ।
अस्तिपञ्जर मात्र बाँकी थियो ।।

उसले दिनु चोट दिएर गई ।
मसंग असर मात्र बाकी थियो ।।

कती पिएँ कती उनकै यादमा ।
पिउन जहर मात्र बाकी थियो ।।

Disqus Comments