Monday, 14 January 2019

हे ठुला ठाला सम्झ त एकफेर by K.R. Dhakal

हे ठुला ठाला सम्झ त एकफेर ।
ती दिनहरु काला सम्झ त एकफेर ।।

म कसरी तिमीलाई मतदान गरुँ ?
टुहुरा लालाबाला सम्झ त एकफेर ।।

सत्र हजारको हत्या गर्ने निरीह युद्धका,
घाउहरु आला सम्झ त एकफेर ।।

जनताको छाति फलामको थियो र ?
कति रोप्यौ भाला ? सम्झ त एकफेर ।।

लासको पहाड, आँसुको सागर,
रगतका नाला सम्झ त एकफेर ।।
Disqus Comments