Wednesday 26 September 2018

थियो यौटा कुरा मनमा भनूँ मैले कसोरी खै, by Aavash Bhai

थियो यौटा कुरा मनमा भनूँ मैले कसोरी खै ?
कथा दिलको मुखैले पो कहूँ मैले कसोरी खै ?

म दोबाटो हुदै जाँदा भयो जम्का नसोचेको
जुंधे आँखा नदेखेझैँ गरूँ मैले कसोरी खै ?

कुनै बेर्ना नरोपेरै बढेछन् ति दसौं वर्ष
गड्यो माया जरा जस्तै खनूं मैले कसोरी खै ?

घरी हाँस्यौ तिमी आफैं घरी लाग्यो रिसायझैँ
बस्यौ कैले लजाउदै बुझुं मैले कसोरी खै ?

दुवै संगै बसौं भन्दै छुनै खोजें पछ्यौरीमा
गयौ सर्दै भयौ टाढा सहुँ मैले कसोरी खै ?

तिमी पारी म चै वारी भयो हाम्रो लुकामारी
जहाँ खोली तही गोही तरुं मैले कसोरी खै ?
Disqus Comments