Wednesday 26 September 2018

मेरो मनमा आगो लगाई कता गयौ ए निष्ठुरी, by आशिष दनाई

मेरो मनमा आगो लगाई कता गयौ ए निष्ठुरी ?
बोलाएर ललाई फकाई कता गयौ ए निष्ठुरी ?
सुम्पिदिएँ सारा जीवन तिमीलाई नै अर्पण गरी
बनाएर मैलाई पराई कता गयौ ए निष्ठुरी ?
देबीलाई साछी राखी बाचा कसम खायौ पहिले
बाचा कसम सबै लत्याई कता गयौ ए निष्ठुरी ?
मर्नु परे पनी बरु तिम्रै काखमा मर्छु भन्थ्यौ
आज मलाई एक्लै बनाई कता गयौ ए निष्ठुरी
झस्कन्छु म सपनीमा तिमीलाई नै सम्झी सम्झी
अरुबाटै सिउँदो सजाई कता गयौ ए निष्ठुरी ?
केबल याद बाँकी रह्यो तिमीसंग बिताएका
तिमी भने रमाई रमाई कता गयौ ए निष्ठुरी ?

Disqus Comments