Wednesday, 26 September 2018

प्रयोगबाटै नयाँ बाटाहरु भेटिन्छन्,गजल by आशिष दनाई

प्रयोगबाटै नयाँ बाटाहरु भेटिन्छन्
घाउ मेटिन्छन् अनी खाटाहरु भेटिन्छन्
यहाँ दुध बिक्दैन केबल सराब बिक्छ
त्यसैले त मान्छेमा फाटाहरु भेटिन्छन्
युद्द सकिएपछी गाउँतिर जानुस
वरिपरी रगतका टाटाहरु भेटिन्छन्
म यी पत्थरहरु संग सोध्न चाहान्छु
त्यहा किन सधै सन्नाटाहरु भेटिन्छन्
'आशिष' माग्न तपाई भट्टिमा जानुहोस्
मन्दिरमा केबल लाटाहरु भेटिन्छन्

Disqus Comments