Wednesday, 26 September 2018

उ पनि त बेरोजगारिको भुमरिमा गडेको रहेछ, by आभाष भाइबन्धु

उ पनि त बेरोजगारिको भुमरिमा गडेको रहेछ
छाना र छाता बिनाकै घामपानी सहेको रहेछ
देशभक्तिकै नारा फलाक्ने साँहिला दाजुको
नुनको जोहो गर्न बिदेशमा पाइला बढेको रहेछ
फेरी आज अर्को डिग्री होल्डरको गुनासो सुनियो
काम पाउनलाई हैन रे काम नपायर पढेको रहेछ
नेता माग्दैथे मंसिरलाई भोट जनता उर्लिहाले
परारै रोपेको संबिधान नपाक्दा पारो चढेको रहेछ
जून माग्नेलाई अपाङ्ग भन्दैथ्यो यो दुनियाँ
उ त हाम्रै सिमाना जोगाउदा लडेको रहेछ

Disqus Comments