Wednesday 26 September 2018

तिजको सुभकामना सहित तिज बिशेष गजल by आशिष दनाई

तिजको सुभकामना सहित तिज बिशेष गजल
रातो सारी र चुरा लगाई भेट्न आउँछिन् रे उनी मलाई
छमछम पाउजु बजाई भेट्न आउँछिन् रे उनी मलाई
यसै पनी राम्री उनी सारी लगाउँदा कस्ती होलिन ?
झलझल सम्झन्छु उनलाई भेट्न आउँछिन् रे उनी मलाई
अरु बेला भने मसंग भेट्दा पनी बोल्न डराउँथिन
तिजको बेला त नडराई भेट्न आउँछिन् रे उनी मलाई
म आतुर छु उनलाई भेट्न अनी उनीसंग कुरा गर्न
भन्छिन् ढुक्क हुनुस् तपाई भेट्न आउँछिन् रे उनी मलाई
तिजको बेलामा बर्त बसी 'आशिष' माग्न मन्दिर जाँदा
मख्ख पर्दै रमाई रमाई भेट्न आउँछिन् रे उनी मलाई

Disqus Comments