Tuesday 15 January 2019

त्यसै त्यसै टोलाउँदा कती राम्री देखिएकी by Aahish Danai

त्यसै त्यसै टोलाउँदा कती राम्री देखिएकी ।
यता हेर्दै लजाउँदा कती राम्री देखिएकी ।।
अरुबेला तिमीलाई सामान्य नै लाग्ने गर्थ्यो ।
त्यो कपाल फुकाउँदा कती राम्री देखिएकी ।
चुरा कस्तो सुहाएको सारी कस्तो सुहाएको ।
अझ गाजल लगाउँदा कती राम्री देखिएकी ।।
के मा चित्त बुझेन खै केही पत्तो पाईएन ।
थोरै थोरै रिसाउँदा कती राम्री देखिएकी ।
अरे राम्री देखिनुको पनी सिमा हुनुपर्छ ।
ठिकै लाग्थ्यौ आज आउँदा कती राम्री देखिएकी ।
आशिष माग्छु त्यो मुहारमा हाँसो सधै रहोस् ।
मन्द मन्द मुस्कुराउँदा कती राम्री देखिएकी ।।

Disqus Comments