Tuesday 15 January 2019

हर चिजकी ज्ञाता तिमीलाई साष्टङ्ग प्रणाम by Aahish Danai

हर चिजकी ज्ञाता तिमीलाई साष्टङ्ग प्रणाम
हे सरास्वती माता तिमीलाई साष्टङ्ग प्रणाम
सबैको आखाँकी नानी तिमी बिद्याकी खानी तिमी
हौ बिद्यार्थीकी छाता तिमीलाई साष्टङ्ग प्रणाम
अज्ञानलाई ज्ञानको ज्वती छर्न सक्ने तिमी
तिमी नै हौ बिधाता तिमीलाई साष्टङ्ग प्रणाम
तिमीसंग सदा ज्ञानको आशिष माग्ने गर्छु
तिमी ज्ञानकी दाता तिमीलाई साष्टङ्ग प्रणाम

Disqus Comments