Tuesday, 15 January 2019

हरेक गल्तिहरु भुल हुँदैनन् by विश्वराज लामिछाने

हरेक गल्तिहरु भुल हुँदैनन्
सबै पलासहरु फुल हुँदैनन्
बैँसमा स्याल घोर्ले बन्छ,
उर्लने खहरेहरु मुल हुँदैनन्
तर्न जङ्घार तरे पनि,
तार्ने साँघुहरु पुल हुदैनन्,
सबैको आफ्नै परिभाषा हुन्छ,
जमातहरु सँधै हुल हुँदैनन्


Disqus Comments