Monday, 14 January 2019

बाटो आँफै हिंड्न थाल्छ पिएपछी by Aavash Bhai

बाटो आँफै हिंड्न थाल्छ पिएपछी
उसले पानीमा आगो बाल्छ पिएपछी १

होसमा कपासको बाकस हल्लाएन
जोसिन्छ र आकाश उचाल्छ पिएपछी २

लोकतन्त्रले के दिन्छ मलाई थाहा छैन
मान्छेले स्वतन्त्रता अँगाल्छ पिएपछी ३

पाइलैपिच्छे हुत्तिन्छ अनी लड्छ उ
पछाडिबाट कसले धकाल्छ पिएपछी ?४

कहाँ कहिले कोको सँग केके भयो सबै
जवानीका कहानी पखाल्छ पिएपछी ५

'A' देखी 'Z' सम्म नजानेर के भो ?
अङ्रेजिमै सायरी गै'हाल्छ पिएपछी ६


Disqus Comments