Monday, 14 January 2019

जोश र जाँगर अझै बाकीँ छ by Ashish Danai

जोश र जाँगर अझै बाकीँ छ
जिउमा तागत अझै बाकीँ छ

म सिङ्गो पहाड उचाल्न सक्छु
मसंग त्यो आट अझै बाकीँ छ

भगाएरै लैजान सक्छु प्रिया
बाकीँ छ साहास अझै बाकीँ छ

किन एक्लै एक्लै पिउनुहुन्छ ?
एउटा बोतल अझै बाकीँ छ

अरे आउनुहोस् रमाईलो गरौ
हामीसंग दिन अझै बाकीँ छ


Disqus Comments