Monday, 14 January 2019

मैले पूज्ने देउता पनि मर्यो अरे सुन्छु by विश्वराज लामिछाने

मैले पूज्ने देउता पनि मर्यो अरे सुन्छु
मगमगाउने डालीको फूल झर्यो अरे सुन्छु

उडाउँदा सप्नाहरु बगाउँदा रहरहरु
चरीले नि आफ्नो बसाईँ सर्यो अरे सुन्छु

वेसाहारा बेवारिस भौँतारीदा साथ खोज्दै
निर्दयीको पापी जालमा पर्यो अरे सुन्छु

आँशु पीडा यातनाले सीमा काटेपछी
पिँजडा मै आत्म हत्त्या गर्यो अरे सुन्छु


Disqus Comments