Monday 14 January 2019

सहरभरी कुकुर कै अभिनन्दन भइरहेछ

सहरभरी कुकुर कै अभिनन्दन भइरहेछ
यसरी नयाँ नेपालको उद्घाटन भइरहेछ

उसको सिरानीमुनी योग्यताको चाङ थियो
बाध्य भएर त्यो युवा पलायन भइरहेछ

पत्थरकी पार्वती पुजा गर्छाै महाशय
आफ्नै गृहदेवीको मानमर्दन भइरहेछ

बुढी आमैको बास अचेल बगर तिरै छ
नयाँ चिहानको जहाँ उत्खनन भइरहेछ

केवल सत्ताको पुलिन्दा रहेछ हाम्रो रगत
सम्झी सम्झी यी घाउहरुमा ऐठन भइरहेछ

म बिर्सन खोज्छु ति पुराना दिनहरुलाई
नशालु नयनको याद झन्झन् भइरहेछ

Disqus Comments