Monday 14 January 2019

जब ऐनामा आफ्नो अनुहार देख्छु by Ashish Danai

जब ऐनामा आफ्नो अनुहार देख्छु
म आफुलाई बुबाकै साभार देख्छु

मलाई चोर डाकासंग डर लाग्दैन
डर लाग्छ जब सिँहदरबार देख्छु

अरे यो सरकार के गरिरहेछ ?
सधै सिमा मिचिएको समाचार देख्छु

उन्को रातो गुलाब फिर्ता पठाईदिएँ
अचेल प्रेममा पनी म ब्यापार देख्छु

मैले जिन्दगी देखी हार खाईसकेँ
न मर्न सक्छु न जिउने आधार देख्छु

Disqus Comments