Monday 14 January 2019

बन्धकी राखेर मुटु हिफाजत नहुदो रहेछ by Aavash Bhai

बन्धकी राखेर मुटु हिफाजत नहुदो रहेछ
फाटेपछी टालिएन, दुरुस्तै मर्मत नहुदो रहेछ

कब्जा गरियो यसरि कुनै सर्तमा छोडिन्न रे
नजरबन्दी बनाइयो अहँ जमानत नहुदो रहेछ

कस्तो दोधार न सम्झौता हुन्छ न बहिस्कार
आफ्नै भनि खोस्नलाई प्रेम जफत नहुदो रहेछ

अदृश्य चोटले भित्रै मुटु दुख्यो छाती जल्यो
देखाउनलाई प्रमाण बाहिरि खत नहुदो रहेछ

रोगीलाई अस्पताल छन् हत्यारालाई कारागार
मन चोर्नेलाई उजुरी दिने अदालत नहुदो रहेछ

Disqus Comments