Monday, 14 January 2019

नसम्झदैँ धेरै कुरा सम्झाउँछ मान्छे by Ayrus Dev

नसम्झदैँ धेरै कुरा सम्झाउँछ मान्छे
के बुझ्छ अनि के बुझाँउछ मान्छे

अचम्म पर्छु दुनिया गुन्गुनाएको देख्दा
के सुन्छ अनि के गाँउछ मान्छे

यादहरुमा दिल जलेको बेला
न बिर्साउछ न सम्झाँउछ मान्छे

देख्दा लाग्छ यो बारुदे संसार
पड्कन्छ अनि हराँउछ मान्छे

यति लोभ छ यो संसारमा आखिर
स्वर्गबाट पनि एतै आँउछ मान्छे

Disqus Comments